राष्ट्र बैंकले फेरि भन्यो-‘क्रिप्टोकरेन्सी,नेटवर्क मार्केटिङ र हाइपर फण्ड गैरकानूनी, कारोबार गरे कारवाही गर्छौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन लगाएको कारोबार नगर्न आग्रह गरेको हो । क्रिप्टोकारोबार बढेको आशंकामा राष्ट्र बैंकले पटकपटक सार्वजनिक सूचना जारी गदै यस्तो कार्यमा संलग्न पाए कारबाही हुने भन्दै सचेत गराइरहेको छ ।

क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई सोमा संलग्न व्यक्ति/लगानीकर्तालाई समेत विभिन्न जोखिमहरु रहने राष्ट्र बैंकको विश्लेषण छ । क्रिप्टोकरेन्सीमा कुनै देश/सरकारको प्रत्याभूति/जमानत नहुने, कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजन बाहेक अन्य कुनै पनि उपयोगिता नहुने र उक्त अदृश्य वस्तु सर्वस्वीकार्य नभई केही निश्चित समूह मिली आफ्नै निहित स्वार्थको लागि मात्र जारी/प्रयोग गरेकाले यसले अर्थतन्त्रत्रमा समेत चुनौती ल्याउने राष्ट्र बैंकको निष्कर्ष छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष लगायत संस्थाहरुले पनि अर्थतन्त्रको लागि क्रिप्टोकरेन्सीको कारोबार चुनौती बनेको विभिन्न प्रतिवेदनहरु सार्वजनिक गरिहरहेका छन् ।

क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पर्न सक्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी, वित्तीय ग्राहक संरक्षण, लगानीको असुरक्षा हुने, ठगी तथा कर छली, अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँगको सहकार्य विरुद्ध हुने, वित्तीय मध्यस्थता नहुने जस्ता जोखिम रहेकाले राष्ट्र बैंकले यस्तो कारोबारमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here