अर्थतन्त्र सुधारमा अर्थमन्त्री, गभर्नरसहितको टोलीसँग औपचारिक छलफल

काठमाडौं । नवनियुत्त अर्थमन्त्री डा. प्रकाशशरण महत देशको अर्थतन्त्र लगायतको विषयमा समाधानका लागि जुटेका छन् ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग सम्बन्ध बिग्रिएको पृष्ठभूमिमा अर्थमन्त्री महतले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सम्बन्ध सुधारको पहल थालेका हुन्।

अर्थतन्त्रमा समस्या आउन थालेको सर्वत्र चिन्ता बढेपछि अर्थमन्त्रीले छलफलको लागी राष्ट्र बैंकका उच्च अधिकरीलाई बोलाएका हुन् ।

देशको वर्तमान आर्थिक अवस्था, बैंकको ब्याजदर, सेयर बजार, विदेशी विनियम सञ्चिति, मूल्यवृद्धि लगायतका विषयमा छलफल भईरहेको बताइएको छ ।

गभर्नरसँग अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियमय विभागका प्रमुख रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र तिमिल्सिनालगायतको टोली सहभागी भएका थिए ।

सरकारका तर्फबाट अर्थसचिव तोयम रायालगायत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here