प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सर्पदंश उपचार केन्द्र सञ्चालन

दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सर्पदंश उपचार केन्द्र स्थापनाको अनुमति पाएको छ् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग ईपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले पठाएको पत्रमा प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा सर्पदंश उपचार केन्द्रको अनुमति दिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नंम्बर ६ का वडाअध्यक्ष एवं दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष ओम बस्नेतको पहलमा दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सुरु भएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगतको ईपिडियोलोजी तथा रोग नियन्त्रण शाखा काठमाण्डौले दोधारा चाँदनी नगरपालिकामा रहेको दोधारा प्राथमिक स्वास्थ केन्द्रलाई सर्पदंश उपचार सेवा सञ्चालन गर्न सोमबार देखि अनुमति दिएको छ् ।

दोधारा चाँदनीमा सर्पदंशको उपचार सेवा नहुदा त्यहाका सेवाग्राही महेन्द्रनगर आउनुपर्ने बाध्यता रहेको थियो । भने महेन्द्रनगर अस्पताल ल्याउनेक्रममा कतिको बाटोमै अकालमा मृत्यू समेत हुने गरेको थियो । ईपिडियोलोजी तथा रोग नियन्त्रण शाखा काठमाण्डौले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई चार बर्षका लागि सर्पदंशको उपचार गर्न अनुमति दिएको छ् ।

सर्पदंश उपचार केन्द्र संचालन गर्न अनुमतिका लागि स्वास्थ्य केन्द्रले पौष ३ गते निवेदन दिएको थियो । त्यस विचमा विभागले स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गरेको थियो । दोधारा चाँदनीबासीले सर्पको टोकाईबाट अकालमै ज्यान गुमाउनु नपरोस भनेर सर्पदंशको उपचार केन्द्र स्थापना गरिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष ओम बस्नेतले बताए ।

‘दोधारा चाँदनीबासीले सर्पकै टाकाईबाट अकालमै ज्यान गुमानु नपरोस भनेर नै स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र स्थापना गरीएको हो,’ स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष बस्नेतले भने ‘स्वास्थ्य केन्द्रमा सिएस (प्रशुति शल्यक्रिया) सेवा संञ्चालनका लागि पहल गरिरहेका छौ, हेरौ कतिको सफल हुन्छौ ।’ दोधारा चाँदनी नगरपालिका वडा नंम्बर ६ का वडाअध्यक्ष समेत रहेका ओम बस्नेत स्वास्थ्य केन्द्रको विकासमा कटिबद्ध भएर रातदिन लागेका छन् ।

हाल स्वास्थ केन्द्रमा १ जना विशेषज्ञ डाक्टर, ५ जना एमबीबीएस डाक्टर, ३ जना ल्याब, २ जना बिएन र ४२ जना अन्य कर्मचारीहरु कार्यरत छन् । अहिले स्वास्थ केन्द्रबाट इमर्जेन्सी साथै फार्मेसी, स्वास्थ बिमा, एक्सरे, रेविजको खोप लगायतका अन्य सेवाहरु संञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here