झिनो अंकले घट्यो नेप्से, कारोबार ९१ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक(नेप्से) ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आइपुगेको छ ।

यसदिन ९१ करोड ७६ लाख १० हजार २२९ रुपैयाँको २९ हजार ७१ हजार ९४७ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ७ वटा बढेको छ भने अन्य सबै राताम्मे भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । सोमवार ९२ करोड २ लाख रुपैयाँको ४९ लाख ११ रुपैयाँ बराबरको करोबार भएको थियो ।

घट्दो बजारमा कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड ३६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

एनआइसी एशिया बैंकको ३ करोड २८ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here