अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे अदालतमा आत्मसमर्पण

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले मंगलबार म्यानहटन फौजदारी अदालतमा आत्मसर्मण गरेका हुन्। उनलाई प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

७६ वर्षीय ट्रम्पविरूद्ध ह्वाइटहाउसबाट महत्वपूर्ण कागजपत्र गायब गरेको, अवैध रूपमा सम्पत्ति जोडेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट हाउसमा आक्रमण गराएकोलगायत विभिन्न मुद्दा लगाइएको छ।

गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध र्‍याली निकाल्ने कोसिस गरेका थिए । ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here