ग्लोबल आइएमई बैंकका ग्राहकले ५५ इन्चको स्मार्ट टिभी जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना ग्राहकले भिजा डेबिट–क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गरी अनलाइन भुक्तानी गर्दा टिभी जित्न सक्ने योजना ल्याएको हो ।

योजनाको अन्त्यमा कुल सहभागीमध्ये छनोट भएका एकजना भाग्यशाली विजेताले टिभी जित्ने जनाइएको छ । योजना वैशाख ९ गतेसम्म लागू रहने उल्लेख छ ।

योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्नु रहेको जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरू ल्याएर ग्राहकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको जनाइएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here