सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो

काठमाडौं । बुधवार छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ बढ्दा मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।

यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँ बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here