झिनो अंकले बढ्यो नेप्से, दिनप्रतिदिन ओरालो लाग्यो कारोबार रकम

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ८.३९ अंकले बढेर १८७५.७ बिन्दुमा पुगेको हो ।

यसदिन ८१ करोड ६० लाख ४६ हजार ७०९ रुपैयाँको २६ लाख २ हजार ९५६ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १० वटा बढेको छ भने अन्य ३ राताम्मे भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने गिरावट आएको छ । मंगलवार ९१ करोड ७६ लाख १० हजार २२९ रुपैयाँको बराबरको करोबार भएको थियो ।

घट्दो बजारमा कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड ४३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

नविल बैंकको २ करोड ३५ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here