इन्द्रसरोवर तालमा हाम फालेका आत्महत्या

काठमाडौं । बुधबार दिउँसो इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा इन्द्रसरोवर तालमा बेपत्ता रहेका एक जना पुरूषको शव फेला परेको छ। मृत फेला पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी छन्। उनी मंगलबार मार्खु पुगेका थिए।

दिउँसो साढे १ बजेतिर उनी तालमा एक्लै डुंगा लिएर गएका उनी बीचमा पुगेपछि ‘लाइफ ज्याकेट’ फुकालेर हाम फालेका प्रहरीले जनाएको छ । ज्याकेटबाट प्रहरीले मृतकको नागरिकता पनि फेला पारेको छ।

उनी हाम फालेको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको थियो। खोजी गर्नेक्रममा बुधबार उनको शव फेला परेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here