आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले गर्न सक्ने खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुनेउपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ ।

आयोगको बैठकले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी खर्च तोकेको हो ।

जसअनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि २९ लाख रुपैयाँ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि ३१ लाख रुपैयाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले तोकिएको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न भनेको छ । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिमार्फत निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नसमेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here