माईती नेपाल कञ्चनपुरकी संयोजक भट्ट सम्मानित

दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयले माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई सम्मान गरेको छ् । दोधारा चाँदनी नगरपालिका लगाएत कञ्चनपुरको क्षेत्रमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा उल्लेखनिय कार्य गरेको बताउदै एक कार्यक्रमको बिच माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई दोधारा चाँदनी नगरपालिका कार्यालयले सम्मान गरेको हो ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई सम्मान गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका दोधारा चाँदनी नगरपालिका लगाएत कञ्चनपुर क्षेत्रमै राम्रो काम गर्दै आएको बताउनु हुदै सम्मान गरिएको बताउनुभएको छ् ।

भारतको ठुला दुई प्रान्त उत्तराखण्ड र उत्तर प्रदेश संग जोडिएको दोधारा चाँदनी नगरपालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले बताउदै बिगतका दिनहरु देखि माईती नेपाल कञ्चनपुरले नेपाल–भारत सिमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा उल्लेखनिय कार्य गर्दै आएको बताउनुभएको छ् ।

संयोजक भट्टलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका स्थित रहेको गैरसरकारी संस्था शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाले समेत माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टलाई सम्मान गरेको संस्थाका अध्यक्ष नन्दा देबी खत्रीले बताउनुभएको छ् । विभिन्न प्रलोभनमा पारेर दलालहरुले चेलिबेटीहरुलाई कञ्चनपुरका बिभिन्न नाका भएर बर्षेनी भारत तथा तेस्रो मुलक लैजाने गरेका छन् ।

माईती नेपाल कञ्चनपुरको तथ्यांङ अनुसार बर्षेनी सयौंको संख्यामा दलालको फन्दामा पर्न लागेका चेलिबेटीहरुलाई जोखिमबाट जोगाईएको छ । माईती नेपाल कञ्चनपुरले उपलब्ध गराएको तथ्यांङ अनुसार चालु बर्षको अवधिमा जोखिममा हरेका १ सय ३७ जना महिला तथा बालबालिकालाई सिमा क्षेत्रबाट फर्काइएको ३० जना महिला तथा बालबालिकालाई भारतको बिभिन्न रेडलाईट क्षेत्रबाट उद्धार गरि परिवार संग पुर्नमिलन गराईएको र २ सय ११ जनाको खोज तलास उजुरी निबेदनमा ५० जनाको महिला तथा बालबालिका फेला पारेर उद्धार गरिएको छ् ।

माईती नेपाल कञ्चनपुरले नेपाल–भारतको मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै सिपमुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको सम्मान कार्यक्रममा बताईएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महरा, वडा सदस्य कमला उपाध्याय, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्री, कोषाध्यक्ष धनसरा चन्द, उपाध्यक्ष खिमा चन्द, अधिकारकर्मी मथुरा पन्त लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here