एकल आमाका सन्तानको जन्मदर्ता मावलीकै थरबाट हुने

काठमाडौं । अब एकल महिलाले जन्माएका र बाबुको ठेगान नभएका बालबालिकाहरुको जन्मदर्ता मावलीको थरबाट बनाउन मिल्ने भएको छ ।

पञ्जीकरण विभागले आज देशका ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएसँगै अब सबै बालबालिकाहरुको जन्मदर्ता बनाउन मिल्ने भएको हो ।

विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here