चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, सेयरधनीलाई सबै सेवामा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरूलाई केबलकारको टिकटसहित विभिन्न साहसिक गतिविधिमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।

योजना अन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीहरूले जीपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरूको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहने छ ।

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here