सेनामा जागिर खुल्यो, डाक्टर, पुजारीदेखि फिल्म निर्देशकसम्म माग

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ।

अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका लागि १ सय ३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ ।

त्यस्तै पदिक तथा विल्लादारमा ४ सय ८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १ सय ५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ ।

सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो।

१८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने हुन्छ।

१० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ। दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ।

आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here