२० युनिटसम्म बिजुली प्रयोग गर्नेलाई महसुल नलाग्ने, १० हजार लिटर पानी निःशुल्क

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने घोषणा गरेको छ ।

अहिले २० युनिट बिजुली प्रयोग गर्ने उपभोक्ताले ३० रूपैयाँ मात्रै तिरे हुने व्यवस्था छ भने सरकारले २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत महसुल नलाग्ने व्यवस्था गर्न लागेको हो ।

५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने जनाइएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० र हिउँदमा २० प्रतिशत महसुल छुट दिने उल्लेख छ ।

१० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने र पर्यावरणमा समस्या उत्पन्न हुने गरी प्राकृतिक स्रोतसाधनको दोहन हुन नदिने कार्यक्रम पनि छ ।

हाल गठबन्धनमा रहेका १० दलमध्ये कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी सरकारमा सामेल छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र आम नेपाली पार्टीले सरकारमा सामेल नभए पनि विश्वासको मत दिएर समर्थन कायम राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here