चितवन जिल्ला प्रशासनले भन्यो- ‘हतियार प्रहरी कार्यालयमा बुझाउनू’

काठमाडौं । आगामी वैशाख १० गते हुने उप-निर्वाचनलाई लक्षित गर्दै चितवन जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले एक सूचना जारी गर्दै इजाजत प्राप्त हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि बुझाउन निर्देशन दिएका हुन्।

निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिजना गर्नु अपरिहार्य भएकाले जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु चैत्र २३ गते भित्रमा आ-आफ्ना नजिकको प्रहरी ईकाईमा बुझाउन आग्रह गरेको हो।

हातहतियार नबुझाउनेलाई कारबाही गर्ने चेतावनी कार्यालयको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here