निर्माण व्यवसायीले चैतभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले एक सूचना जारी गरी इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो ।

‘सार्वजनिक निर्माणकार्य गर्न दिइने इजाजतपत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ,’ पत्रमा भनिएको छ ।

उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

इजाजतपत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रसमेत अनिवार्य ल्याउन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here