महानगरको डोजर रोक्न टायर बालेर सुकुम्वासी बस्तीका बासिन्दाको अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका हटाउन डोजर परिचलन गरेको थाहा पाएसँगै स्थानीयले बाटो छेकेका छन्।

बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकाेमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here