रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बन

काठमाडौं । स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको छ।

व्यवसायी प्रसाईंसँग स्वास्थ्य मन्त्री हुनका लागि २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि एक साताको लागि निलम्बनमा परेका हुन् ।

श्रेष्ठले भने आफूले प्रसाईंलाई चिन्दै नचिनेको दाबी गरेका छन्। ‘म पोखराको मान्छे, उहाँ झापाको। व्यक्तिगत रूपमा मैले उहाँलाई चिनेको पनि छैन,’ श्रेष्ठले भने,‘हाम्रो पार्टीले लेबीबाहेक हामीसँग कुनै पैसा पनि मागेको छैन।’ ‘मलाई मन्त्री बन्नु छैन, बन्नका लागि पैसा नै चाहिने भए पनि एक/डेढ करोड पैसा आफैं दिनसक्ने हैसियत भएको मान्छे हुँ,’ श्रेष्ठले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here