दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २८.३१अंकले घटेर १८३८. ४८ बिन्दुमा पुगेको हो ।

यसदिन १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको ३८ लाख ४३ हजार ७१३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढेको सुधार आएको छ । विहीवार ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको कारोबार भएको थियो ।

घट्दो बजारमा कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज नविल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड ७८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ५ करोड ७६ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here