नयाँ स्टक, कमोडिटी बजार र ब्रोकरको लाइसेन्स बाँडने बाटो खुल्यो, सबै रिट खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने बाटो खुलेको छ । आइतवार सर्वोच्च इजलाशले नयाँ स्टक एक्सचेञ्ज खोल्ने र स्टक ब्रोकर थप्ने प्रक्रिया रोक्न परेको रिट खारेज गरेको हो।

अधिवक्ता दिपकबिक्रम मिश्रले दायर गरेको रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । गत बिहीबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाकै संयुक्त इजलासले उक्त मुद्दा हेर्दा हेर्दैमा राखेको थियो।

यसअघि यही मुद्दामा ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि पनि सोही ३० दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।

ब्रोकरका लागि पुरानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here