कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं ।कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् ।

हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो । र तत्काल सरकारबाट नबाहिरिने बताएको थियो । तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ ।

कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो भने पर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here