२०८० सालमा बिहेको लगन ३५ दिन, वैशाखमा ४ दिन मात्र

काठमाडौं । आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्। पाञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा एक दिन पनि बिहेको लगन छैन ।

वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी ३५ वटा विवाहको लगन रहेको छ। वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९ गतेपछि मात्र शुभ कार्यका लगन छन्। यस महिनाको १९, २०, २७ र २८ गते विवाहको लगन छ।

जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते तथा असारमा ७, ८ र ११ गरी तीन दिन विवाहको लगन छ।

यस्तै, विवाहको मुख्य सिजन मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते लगन भएको घिमिरेले बताए। माघमा २, १६, १७, २१, २३ र २९ तथा फागुनमा १९, २१, २२, २३ र २४ गरी पाँच दिन लगन छन्।

त्यसैगरी, ब्रतबन्धका भने जम्मा ९ वटा मात्र लगन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here