पुष्पपरागद्धारा स्रष्टाहरू पुरस्कृत तथा सम्मानित

प्रकाश समीर

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले राजधानीमा एक भब्य समारोहका बीच स्रष्टाहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

प्रतिष्ठानद्धारा प्रदान गर्दै आईएको विभिन्न पुरस्कार, सम्मान शनिबार पद्म कन्या क्याम्पसको डेनिस हलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथ्यता वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालद्वारा प्रदान गरेको हो ।

कार्यक्रममा “पुष्पपराग वर्ष सम्मान तथा नगद पुरस्कार” साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो भने “तिलकुमारी खड्का स्मृति नगद पुरस्कार” तथा सम्मान” शोभा दुलाललाई; नील-गङ्गगा भाषा साहित्य नगद पुरस्कार तथा सम्मान” शरदचन्द्र वस्तीलाई; “पद्मावती गीत, संगीत नगद पुरस्कार तथा सम्मान” हरिदेवी कोइरालालाई; “शुक्रमन्दिर लोक साहित्य नगद पुरस्कार तथा सम्मान” सत्यकला राईलाई; “कृष्णलाल/गोपिनी शिवाकोटी स्मृति नगद पुरस्कार तथा सम्मान” छेवाङ्ग तेन्जिङ लामालाई; “परममाया कृष्ण प्रसाद थपलिया स्मृति नगद पुरस्कार तथा सम्मान” खेमनाथ दाहाललाई र “पुष्पपराग युवा साहित्यकार सम्मान” डिल्लीप्रसाद मूल्तिहूनलाई प्रदान गरियो ।

साहित्यमा योगदान गरेवापद प्रत्येक वर्ष एक जना ब्यक्तिलाई मात्र दिइने मानार्थ सदस्य भने यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई दिइयो ।
सम्मानित तथा पुरस्कृत ब्यक्तिहरूको बारेमा बोल्दै चर्चित संगितकार तथा साहित्यकार सन्तोष श्रेष्ठले संस्थाको छनोट प्रकियाको प्रशंसा गरे । संस्थाले सम्मान तथा पुरस्कार दिने ब्यक्तिहरू सम्मान र पुरस्कारका लागि हरेक हिसावले योग्य रहेको श्रेष्ठको भनाई रहेको थियो । त्यस्तै पुरस्कृत स्रष्टाका बारेमा सन्तोष श्रेष्ठ, डा• अम्बिका अर्याल र जीवन जीवन्तले प्रकाश पारेका थिए ।

सचिव टी. एन. भट्ट `विश्वामित्र´ले स्वागत मन्तब्य रहेको कार्यक्रमको सुन्दर उद्घोषण संस्थापक सदस्य भुवन शिवाकोटी `चौघरे´ले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा• प्रदीप मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका मानार्थ सदस्य, आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत बितरण गरिएको कार्यक्रम संचालक तथा साहित्यकार शिवाकोटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here