‘दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओबारे अनुसन्धान हुन्छ’- उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई करोड मागेको अडिओबारे अनुसन्धान हुने बताएका छन् ।

प्रेस सेन्टर चितवनले बिहान आयोजना गरेको पत्रकार सम्मेलन उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका हुन् ।

अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ । ‘दुई करोडको कुरा आएको छ ।

त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौँ,’ उनले भने, ‘अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने बताए । ‘भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन,’ उनले भने ।

प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताए । उनले अगाडि भने, ‘नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here