झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको हो ।

यसदिन ९१ करोड १९ लाख ६१ हजार ८२० रुपैयाँको २९ लाख ६० हजार ८१३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १ बटा घटेको छ भने अन्य सबै बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढेको घटेको छ । आइतवार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको थियो ।

कालिञ्चोक दर्शन र सानिमा मिडलको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड ८३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । सनिमा मिडलको ६ करोड ६५ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here