तीन महिना गोजीमा बसेको अडियो रेकर्ड चुनावको मुखमा किन ल्याइयो ?

फाइलफोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो रेकर्ड चुनावकै मुखमा सार्वजनिक हुनुमा शंका व्यक्त गरेका छन्।

सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गरे ।

उनले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ। अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’

‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भने।

लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्धेश्यले अडिओ रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई/तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने।

लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here