दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२७.३१ अंकले बढेर १८७१.३३बिन्दुमा पुगेको हो ।

यसदिन ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँको ३३ लाख १५ हजार ७२० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढेको बढेको छ । सोमवार ९१ करोड १९ लाख ६१ हजार ८२० रुपैयाँको रुपैयाँको कारोबार भएको थियो ।

कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड १० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । सनिमा मिडलको ५ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here