२५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

चालू आर्थिक वर्षको फागुनसम्म २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

मीक्षा अवधिमा खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई रु.८७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here