बलात्कारको आरोपमा न्यायाधीश गिरी पक्राउ

काठमाडौं । बलात्कारको अभियोग लागेका न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

गिरीलाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । गिरीको घटना बाहिरिएपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्मा तानिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here