‘बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउँछौं’

काठमाडौं । शनिवार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सन्देशले तरङ्ग सिर्जना गरेको छ ।

उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजक अभिव्यक्तिको संज्ञा दिएका छन् । मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरूप्रति लक्षित थियो ।

उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

मन्त्रिपरिषद्को बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने भनेर जे जसरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,’ उनले भनिन्, ‘त्यो अराजकता हो भन्ने विषयमा हामीले गम्भीररुपमा छलफल गरेका छौँ । त्यसैगरी उहाँको ध्यानाकर्षण गराउने कुरा पनि भएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here