सिन्धुलीमा कार दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको कमलामाई नगरपालिका–३ मा कार दुर्घटना हुँदा तीनको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो ।

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गएराति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कार करिब ५०० मिटर तल खसेको थियो । मृत्यु भएकाको सनाखत हुन बाँकी छ । कारमा पाँचजना सवार थिए । अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here