वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर एकल अंक कायम गर्ने भएका छन् ।

बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

संघका अनुसार अब वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ७.९९ प्रतिशत कायम हुनेछ । हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.११ प्रतिशत र संस्थागत मुद्दतीमा ९.११ प्रतिशत थियो ।

यस्तै, बचतमा न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने सहमति भएको संघले जनाएको छ । निक्षेपको ब्याजदर घटेसँगै क्रमशः कर्जाको ब्याजदर समेत घट्दै जानेछ ।

पछिल्लो समय ब्याजदर घटाउन चौतर्फी दबाब आइरहेको थियो । ब्याजदरकै कारण अर्थतन्त्रमा संकुचन आएको भन्दै उद्योगी, व्यवसायी, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले ब्याजदर घटाउन दबाब दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here