मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आइपीओ बाँडफाँड गरेको हो ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथा प्रक्रियामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो । ।

गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले शेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

यो कम्पनीले गत चैत १९ गतेदेखि चैत २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here