सगरमाथा आधार शिविरमा हिमपहिरो, तीन नेपाली बेपत्ता

फाइलफोटो

काठमाडौं । सगरमाथा आधार शिविर (बेस क्याम्प) मा हिमपहिरो गएको छ । बुधबार विहान बेसक्याप र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको पर्यटन विभागले जनाएको छ।

बेस क्यापमा हिमपहिरो जहाँ आरोहणमा गएका तीन जना सम्पर्क विहीन भएका छन् ।

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरूले आरोहीका लागि डोरी मिलाउने काम गर्थे ।

उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् । अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here