एकैदिन १२१ जना कोरोना संक्रमित थपिए, ८१ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८९ हजार ५४२पुगेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या चार सय ४५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here