ढाका श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने

काठमाडौं । रास्वपाले सांसद ढाका कुमार श्रेष्ठलाई उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय गरेको छ।

सभापति लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उहाँले कोर टिम भन्नुभएको छ ।

त्यसमा को हो भनेर अनुसन्धान गर्न नै हामीलाई कुनै आधार भएन,’ बुधबारको पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने, ‘बरु यसबारे सरकारका सम्बन्धित निकायले छानबिन गरिदिए त्यसका लागि हामी सहयोग गर्छौं ।’

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here