महासंघको एसोसिएटमा मिश्रित नतिजा, कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एसोसिएट सदस्यमा मिश्रित नतिजा आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ।

बिहीबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्।

एसोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका छन् ।

यस्तै मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here