खुल्यो नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुलाएको छ ।

सर्वोच्चले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलाएपछि बोर्डले इच्छुक कम्पनीलाई आवेदन दिन बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।

बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरे पनि सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।

अहिले बोर्डले १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । स्टक ब्रोकरको हकमा भने पुरानो आवेदकबाट लाइसेन्स दिइने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here