महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा, संघाइ बाहिरिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ। तीन जनाबीच प्रतिस्पर्धा भएकामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुनेछ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत पाए । ३०.४६ प्रतिशत मत पाएका संघाइ दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् । पहिलो चरणको चुनाव अन्जनले जिल्ला नगर, संघईले एसोसियट र उमेशलाल श्रेष्ठले वस्तुगतमा सबैभन्दा धेरै भोट ल्याएका थिए ।

जिल्ला नगरतर्फ अन्जन श्रेष्ठले सबैभन्दा धेरै ४७ मत पाएका थिए भने रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएका थिए ।

त्यस्तै, वस्तुगततर्फ उमेशलालले ६९, अन्जनले ४१ र रामचन्द्र संघाईले १२ मत ल्याएका थिए ।

त्यसैगरी, एसोसियटतर्फ रामचन्द्र संघईले सबैभन्दा धेरै ६१३ मत पाएका थिए भने अन्जनले ५७५ र उमेशलालले ४२४ मत प्राप्त गरेका थिए ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष हुनका लागि कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ । जसमा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहेको छ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here