बालेनको चुनौती- ‘कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन् – ‘कि काठमाडौंको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन।

चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन’, उनले लेखेका छन्।उनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएपछि समस्या चुलिएको छ ।

महानगरपालिकाले सुकुम्बासीहरूलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर साहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने उद्‌घोष गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here