एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै उछाल आएको शेयर बजारमा फेरि ओरालो लागेको छ ।

बुधबार ९२ अंकले बढेर बन्द भएको नेप्से साताको कारोबारको अन्तिम दिन २९.७ अंकले घटेर १९३४.४७ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७० कम्पनीको १ अर्ब ६५ करोड ३३लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको ४९ लाख १३ हजार ७०२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । घट्दो बजारमा ३कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मैलुङको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड ८२ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here