उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् ।

उमेशलालले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी स्वतः वरिष्ठ उपाध्यक्ष बनेका हुन् । यसअघि बुधबार भएको निर्वाचनमा कुनै पनि उमेदवारले जितका लागि आवश्यक ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन् ।

वरिष्ठ उपाध्यक्षका लागि अन्जन, उमेशलाल र रामचन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । जसमा अन्जन र उमेशलाल दोस्रो चरणमा पगेका थिए । पहिलो चरणको मतदानबाट वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी रामचन्द्र संघई बाहिरिएसँगै दोस्रो चरणमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धाको तयारी थियो ।

तर, वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारसहित महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरुकाे छलफलमा साे सहमति जुटेकाे हाे ।

पहिलो चरणमा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१.५१मत प्राप्त गरेका थिए ।

तेस्रो भएका रामचन्द्रले ३०.४६ प्रतिशत मत पाए ।पहिलो चरणको चुनाव अन्जनले जिल्ला नगर, संघईले एसोसियट र उमेशलाल श्रेष्ठले वस्तुगतमा सबैभन्दा धेरै भोट ल्याएका थिए ।

जिल्ला नगरतर्फ अन्जन श्रेष्ठले सबैभन्दा धेरै ४७ मत पाएका थिए भने रामचन्द्रले ३९ र उमेशलालले २८ मत पाएका थिए । त्यस्तै, वस्तुगततर्फ उमेशलालले ६९, अन्जनले ४१ र रामचन्द्र संघाईले १२ मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here