‘बालेनले सिंहदरबारको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरे’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले
उनले गर्मीको समयमा फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताइन्। उनले कुनै अर्को उद्देश्यपुर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको बताइन्।

‘उहाँ (बालेन शाह)ले भनेको विषय टुंगिएन भनेको अर्थमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन। त्यो गर्न हुँदैन।

काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले संविधान बुझ्नुभएन, कानून बुझ्नुभएन, सरकार सञ्चालन ऐन बुझ्नुभएन भन्न हामी सक्दैनौँ। त्यो उहाँले बुझ्नुभएको छ। बुझ्नुपर्छ। र त्यसको दृढतापूर्वक कार्यान्वयन पनि गर्नुपर्छ भन्ने कुरा नै हाम्रो कुरा हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here