भक्तपुरमा ढल खन्‍ने क्रममा पुरिएर श्रमिकको मृत्यु

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित बालकोटको रागिनी हाइट भन्ने ठाउँमा ढल खन्ने क्रममा पुरिएर सुनसरी गढी गाउँपालिका २ का स्थायी बासिन्दा २२ वर्षीय नितेश सदाको एक श्रमिकको मृत्यु भएको छ ।

बालकोटमा बस्दै आएका ती श्रमिक ठेकेदारमार्फत् ढल निर्माणको काममा संलग्न थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here