संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने बालकोट बैठकको सहमति

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को डाकेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

सोमबार बिहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति गरेका हुन्।

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको लामो समय भएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच यो सहमति भएको हो । अब प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको हो ।

‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्ने हुन्छ -जसमा प्रतिपक्ष दलको नेता पनि सदस्य हुन्छ), संवैधानिक परिषद्को बैठक राखेर सिफारिस गरौँ भनेर प्रधानमन्त्रीले प्रस्ताव राख्नुभएको छ,’ बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेता मानननीय केपी शर्मा ओलीले हुन्छ भन्नुभएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here