रवि लामिछानेका निजी चालक भेन्टिलेटरमा, कोठामा भेटिए रक्सीका बोतल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए ।

छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ ।

चितवन प्रहरीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ।

प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ। उनीहरूले रक्सी खाएका थिए कि थिएनन् जानकारीको लागि रगत परीक्षण गर्ने तयारी थालिएको प्रहरीले जनाएको छ ।

। प्रहरीका अनुसार रास्वपा महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै थापा राति छतमा सुतेका थिए ।

रवि लामिछानेका गाडी चालक घरको तीन तलबाट खसेर गम्भीर घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here