काठमाडौं महानगरभित्र शुक्रबार ‘बुक फ्रि डे’

काठमाडौं । काठमाडौं महानगरपालिकाका बालबालिकाले अब हरेक शुक्रबार बिनाकिताब विद्यालय जान पाउने भएका छन् ।

यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने भएकाले विद्यालयले उक्तदिन दैनिक जीवनमा उपयोगी हुने सामान्य सीपहरु, अतिरिक्त क्रियाकलाप गराउनुपर्ने नाचगान सिकाउनुपर्ने महानगरले जनाएको छ ।

पाठ्यक्रम अनुसारको क्रियाकलापहरु गराउने जस्तो नेपाली भए भने कविता वाचन गराउने, गीत गाउन लगाउने, अंग्रेजीको भए हिज्जे गर्न लगाउने, भाषण गर्न लगाउने, सामाजिक विषय भए सम्मान पूर्वक व्यवहार गर्न सिकाउनेलगायतका विद्यालय तथा शिक्षकले कक्षा अनुसार दैनिक जीवनमा उपयोगी कुराहरु सिकाउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here