वाणिज्य बैंकको नाफा झन्डै ४९ अर्ब, धेरै कमाउनेमा नबिल, ग्लोबल आइएमई र एनआईसी

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ९ महिना (साउन–फागुन) सम्म झन्डै ४९ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २२ वाणिज्य बैंकहरूले फागुन मसान्तससम्म ४८ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

गत वर्षको तुलनामा चालु आवमा बैंकहरूको नाफा ४.२० प्रतिशत अर्थात् १ अर्ब ९७ करोड रुपैयाँ बढेको हो ।

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले खुद नाफा ४६ अर्ब ८६ करोड रुपैयाँ कमाएका थिए । फागुन महिनामा मात्रै बैंकहरूले कुल ७ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा २२ वटा वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । फागुनसम्म नबिलले ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ । बैंकिङ लिडर समेत रहेको नबिलले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेपछि प्राप्त सिनर्जीबाट आफ्नो वर्चश्व कायमै राख्न सफल भएको हो ।

शाखा र चुक्ता पूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई र अर्को एनआइसी एसीया बीच नाफामा प्रतिस्पर्धा देखिएको छ । ग्लोबलले ४ अर्ब ३७ करोड रुपैयाँ कमाउँदा एनआइसीले ४ अर्ब रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र इन्भेष्टमेन्ट मेगा बैंकले ३/ अर्ब रुपैयाँ बढी कमाएका छन् । एनएमबी, प्राइम कमर्सीयल, स्ट्याण्डार्ड चार्टर्ड, एभरेष्ट, नेपाल। कुमारी र प्रभु बैंकले २/२ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् ।

हिमालयन, सानिमा, एसबीआई, सिद्धार्थ, माछापुच्छ्रे लक्ष्मी, सिटिजन र सनराइज बैंकले १/१ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here