झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.७ अंकले घटेर १९०४. ९८ बिन्दुमा झरेको हो ।

यसदिन ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको २९ लाख ७५ हजार ९२० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये तीन बटा बढेको छ भने अन्य सबै घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको छ । सोमवार ९२ करोड ७८ हजार ५७१ रुपैयाँको रुपैयाँको बराबरको कारोबार भएको थियो ।

घट्दो बजारमा कालिञ्चोक दर्शन र मैलुङ खोलाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज प्रभू बैकको प्रमोटेर शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड २६ लाख बढीको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ३ करोड ९८ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here